नियम ११
बयान गराउन वा जानकारी वा सूचना लिन सक्ने
(१) राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा अनुसन्धान अधिकृतले कसैसँग सोधपुछ गर्नु पर्ने, कुनै सूचना वा जानकारी लिनु पर्ने देखिएमा वा बयान लिनु पर्ने भएमा सम्बन्धित व्यक्तिलाई उपस्थित गराई सोधपुछ गर्न, कुनै सूचना वा जानकारी लिन वा बयान गराउन सक्नेछ ।
(२) अनुसन्धान अधिकृतले सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्दा, कुनै सूचना वा जानकारी लिंदा वा वयान गराउँदा आफूले अनुसन्धान तथा तहकिकात गर्नु पर्ने विषयमा सम्बन्धित व्यक्तिले स्पष्ट रुपमा बुझ्न सक्ने गरी आवश्यक विषयमा प्रश्नहरु सोधी जानकारी, सूचना वा जवाफ लिनु वा वयान गराउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम कुनै व्यक्तिलाई उपस्थित गराउन अनुसन्धान अधिकृतबाट लेखिने पत्रको ढाँचा अनुसूची – ५ बमोजिमको हुनेछ ।
(४) अनुसन्धान अधिकृतले उपनियम (१) बमोजिम कुनै व्यक्तिको बयान गराउँदा अनुसूची – ६ बमोजिमको ढाँचामा गराउनु पर्नेछ ।